दैलेखमा बस दुर्घटना हुदा चार जनाको मृत्यु



दैलेखमा बस दुर्घटना हुदा चार जनाको मृत्यु

दैलेख १२ जेठ । दैलेखमा बस दुर्घटनामामा परी चार जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेतका लागि छुटेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ भने दुई दर्जन बढि यात्रु घाईते भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते १७ जनालाई गएराति नै उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनामा घाइते भएका अरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ । चालक सुरेन्द्र डाँगी क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे