LISTEN LIVE RADIO

जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग



जसपाले गर्‍यो दशैँभत्ता खारेजीको माग

काठमाडौँ ४ कार्तिक । संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) ले सांसदलाई चाडवाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।

जसपा केन्द्रीय कार्यकारीणी समितिको सोमवार बसेको बैठकले दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए । नेकपा र नेपाली कांग्रेसले संस्थागत निर्णय गरेरै दशैँ भत्ताको रकम कोभिड उपचार कोषमा राख्ने निर्णय गरिसकेका छन् ।

अरगरियाका अनुसार पार्टीले निर्णय गरिसकेपछि अब कसरी फिर्ता गर्ने भन्ने छलफल भइरहेको छ । जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा सन्देश लेख्दै सरकारी कोषबाट दिइने दशैँभत्ता खारेजीको माग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे