LISTEN LIVE RADIO

बबई नदीमा डुवेर दाङमा एक बालिकाको मृत्यु



बबई नदीमा डुवेर दाङमा एक बालिकाको मृत्यु

दाङ ४ कार्तिक । बबई नदीमा डुवेर दाङमा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरा निवासी ७ बर्षिया कृतिका चौधरीको बबई नदिमा डुबेर मृत्युभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आज दिउँसो आमा सँगै कपडा धुन बबई नदीमा गएको समयमा कृतिकाको डुवेर मृत्यु भएको हो । बालिकालाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे