LISTEN LIVE RADIO

नेपालमा आज ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु



नेपालमा आज ३०९३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं ४ कार्तिक । नेपालमा वितेको २४ घण्टामा तीन हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। १३ हजार आठ सय ६१ जनाको नमुना परीक्षण गर्दा तीन हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ ।

त्यस्तै वितको २४ घण्टामा दुई हजार एक सय आठ जना कोरोना मुक्त भएका छन् । यससँगै कोरोना मुक्त हुनेको सङ्ख्या ९६ हजार ६ सय नौ पुगेको छ । अब नेपालमा ४१ हजार सात सय ५५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २० जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे