जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता



जाजरकोटमा मिनी ट्रक दुर्घटना, २ जनाको मृत्यु, एक जना बेपत्ता

जाजरकोट १९ कात्तिक। जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपता भएका छन् भने सात जना घाइते भएका छन् ।बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना ठेगाना नखुलेका दिलबहादुर शाही रहेका छन् । अर्का एक जनाको भने नाम खेलेको छैन । घाइतेहरूमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन् । घाइते धनबहादुर चालकहुन् । गाडीमा १० जना रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे