दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी, अनामनगरमा ५५ लाख रुपैयाँ बराबरको क्षति



दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी, अनामनगरमा ५५ लाख रुपैयाँ बराबरको क्षति

काठमाण्डौ १९ कार्तिक । दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ । काठमाण्डौ उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटार लगायतका ठाउँमा आगो लागेको छ । आगलागीबाट अनामनगरका सबैभन्दा धेरै क्षति भएको छ ।

अनामनगरमा गोरखाकी पुष्पाञ्जलि भिन्तुनाले सञ्चालन गरेको फर्निचर पसलमा आगलागी हुँदा ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । हिजो बेलुका लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किएको प्रहरीले जनाएको छ । हिजो बेलुका पौने ८ बजे लागेको आगो एक घण्टा पछि निभाइएको थियो ।  आगलागीबाट सँगै रहेको अर्को कस्मेटिक पसल पनि जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे