LISTEN LIVE RADIO

गरिबीको रेखामुनि रहेकालाई निःशुल्क बिजुली दिने गरिरहेका छाैँ : मन्त्री भुसाल



गरिबीको रेखामुनि रहेकालाई निःशुल्क बिजुली दिने गरिरहेका छाैँ : मन्त्री भुसाल

काठमाडाैँ २१ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएका छन् । आज मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् ।

विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत् महसुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको मन्त्री भुसालको भनाइ छ । ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाइ पु¥याउनका निम्ति पनि आफू क्रियाशील रहने बताए । सिँचाइको निःशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् । सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको मन्त्री भुसालले उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे