आज साउनको पहिलो सोमवार, पशुपति मन्दिर नखुल्ने



आज साउनको पहिलो सोमवार, पशुपति मन्दिर नखुल्ने

काठमाण्डाै ४ साउन । आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ ।

साउने सोमवारकाे व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर साउनमा पनि नखुलेको हो ।

विज्ञले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । यस्तै, साउन महिना लागेसँगै हरियो, पहेँलो चुरा तथा पोतेको खरिद बिक्री केही बढेको छ ।

अघिल्ला वर्षमा जस्तो कारोबार नभए पनि अहिले  काठमाण्डौको इन्द्रचोकका चुरा पोते पसलमा भीड बढेको छ । साउन महिनामा महिलाहरुले हरियो, पहेँलो चुरा पोते लगाउने गरेका छन् । पछिल्लो समय किशोरीहरुले पनि हरियो चुरा लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे