LISTEN LIVE RADIO

कांग्रेसले २५ गतेका लागि बाेलायाे संसदीय दलको बैठक



कांग्रेसले २५ गतेका लागि बाेलायाे संसदीय दलको बैठक

काठमाण्डाै २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गतेका लागि पार्टी संसदीय दलको बैठक बोलाएको छ ।  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेकाे ल्होत्से कक्षमा २५ गते दिउँसाे २ बजे बस्ने बैठकमा प्रतिनिधि सभाको आउँदाे बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिएका छन् ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आउँदाे बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । त्यस विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने पार्टी सचेतक भुसालले जानकारी दिए ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले यही वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे