LISTEN LIVE RADIO

मेयर खड्काद्धारा तुलसीपुरको विकासका लागि लुम्बिनीका मुख्यमन्त्री महराको ध्यानाकर्षण



मेयर खड्काद्धारा तुलसीपुरको विकासका लागि लुम्बिनीका मुख्यमन्त्री महराको ध्यानाकर्षण

दाङ २२ बैशाख । तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई आज भेटेर मेयर खड्काले सडक पूर्वाधार,सिचाई,पर्यटन,खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गरेका हुन् ।

उनले उपमहानगरका १० वटा जलाशय निर्माण,१९ वटा सिचाई आयोजना,६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न आग्रह गरे । त्यसैगरी मेयर खड्काले एउटा क्रिकेट मैदान औद्योगिक ग्राममा अत्याधुनिक बधशाला निर्माणमा आवश्यक बजेट छुट्याउन माग गरे ।

मुख्यमन्त्री महराले तुलसीपुरले माग गरेका ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्वता जनाए । ´म तुलसीपुरको विकासका लागि प्रतिवद्व छु ।` मुख्यमन्त्री महराले भने,´तुलसीपुरले पेश गरेका सबै योजनामा बजेट विनियोजन हुनेछ ।`

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे