LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशका सभामुख घर्तीमगर नेतृत्वको प्रतिनिधि मण्डल आज चीन प्रस्थान



लुम्बिनी प्रदेशका सभामुख घर्तीमगर नेतृत्वको प्रतिनिधि मण्डल आज चीन प्रस्थान

भालुवाङ २२ बैशाख । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगर नेतृत्वको प्रतिनिधि भ्रमण टोली आज शनिबार चीन तर्फ प्रस्थान गरेका छन् । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर स‌गै उनको धर्मपत्नी दिलकुमारी रोका, उप–सभामुख मेनुका खांडकेसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन रहेका छन् ।

छुङ्किङ् अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उनीहरु आज शनिबार दिउँसो त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट चीन तर्फ प्रस्थान गरेका हुन् । छुङ्किङ् रहँदा प्रतिनिधिमण्डलले छुङ्किङ् म्युनिसिपल पिपुल्स कंग्रेससंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सभामुख घर्ती मगरले भ्रमणले चोङकिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको संचार सम्वन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको बताए । छुङकिङ महानगरको चिनको ठूलो ४ महानगर मध्ये एक महानगर हो ।

एक साता लामो चिन भ्रमणको क्रममा त्यहांको सांस्कृतीक, ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमण र संसदीय अभ्यास तथा त्यहाँको विकासको मोडलको बारेमा पनि अध्ययन अवलोकन भ्रमण गरिने सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे