LISTEN LIVE RADIO

चन्दा माग्ने दाङका एक जना सहित ४ युवक पक्राउ



चन्दा माग्ने दाङका एक जना सहित ४ युवक पक्राउ

बाँके २२ चैत्र। चन्दा माग गरेको आरोपमा दाङका एक जना सहित ४ युवक पक्राउ परेका छन् । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नम्बर ५ जुरपानीका सिताराम थारुलाई ज्वाला सिंह समूहको नामबाट फोन गरि रु २ लाख रुपैयाँ चन्दा माग्ने ४ जना पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सल्यानीबाघ वस्ने २९ वर्षीय ज्योती प्रकाश चौधरी रहेका छन् । उनीसँगै अन्य पक्राउ पर्नेमा बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ सुर्यलालपुर वस्ने २४ वर्षीय विकास चौधरी, सोही ठाउँका ४१ वर्षीय मेघनाथ चौधरी र ४० वर्षी भिम बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

उनीहरुलाई शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीबाट पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट रु १० हजारसहित चन्दा रकम माग गर्ने प्रयोग गरेको एउटा सिमकार्ड बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले सिताराम थारुलाई एक हप्तादेखि रु २ लाख रुपैयाँ चन्दा माग गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे