LISTEN LIVE RADIO

पत्रकार महासंघ दाङ शाखाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै



पत्रकार महासंघ दाङ शाखाको निर्वाचनका लागि आज  मनोनयन दर्ता हुँदै

दाङ २२ चैत्र । नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्वाचनको लागि आज  मनोनयन दर्ता हुँदै छ । चैत २५ गते हुने निर्वाचनको लागि केन्द्र, प्रदेशमा मनोनयन भैसकेको छ भने आज देशभरका सबै जिल्लामा मनोननय दर्ताको तालिका रहेको छ । यसै क्रममा दाङमा पनि पत्रकारको चुनाबी सरगर्मी बढेका छ ।

जिल्लामा अध्यक्षमा दुर्गालाल केसी र लक्ष्मी आचार्य बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । केसीलाई प्रेस चौतारी नेपालले अघि सारेको छ भने प्रेस संगठन, प्रेस युनियन लगायतका संगठनको समीकरणबाट लक्ष्मी आचार्यलाई अध्यक्ष बनाउने हिजो मात्रै सहमति भएको छ ।यद्यपी यी दुबै प्यानलले अन्य पदमा उम्मेदवारको टुगो लागेको छैन । दाङमा जम्मा २ सय ७७ मतदाता हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे