LISTEN LIVE RADIO

दाङका एक व्यक्ति ४३ लाख रुपैयाँ सहित नागढुंगाबाट पक्राउ



दाङका एक व्यक्ति ४३ लाख रुपैयाँ सहित नागढुंगाबाट पक्राउ

घोराही २२ चैत्र । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दिप कौशल रहेका छन् ।

शनिबार तुलसीपुरबाट काठमार्डौं आउँदै गरेको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्ने क्रममा उक्त बसको यात्रु हिँड्ने प्यासेज (गल्ली)बाटोमा कार्टुनमा टेपले बाँधेको अवस्थामा ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहितको पोते बरामद गरिएको छ । सन्दिपले रकमको स्रोत खुलाउन नसकेकाले महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे