LISTEN LIVE RADIO

पत्रकार महासंघ दाङमा २० सदस्यीय कार्य समितिका लागि ४२ जनाको उम्मेदवारी दर्ता



पत्रकार महासंघ दाङमा २० सदस्यीय कार्य समितिका लागि ४२ जनाको उम्मेदवारी दर्ता

घोराही २२ चैत्र । नेपाल पत्रकार महासंघ दाङ शाखाको आगामी कार्यकालका लागि हुन लागेको निर्वाचनमा ४२ जनाको उम्मेदवारी परेको छ । यही चैत २५ गते हुने आसन्न निर्वाचनका लागि केन्द्र, प्रदेशमा मनोनयन भईसकेको अवस्थामा जिल्लामा आईतबार कुल २० पदका लागि ४२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन समिति संयोजक सुदीप गौतमका अनुसार जिल्लामा हुन लागेको निर्वाचनका लागि जिल्ला कार्यसमितिका लागि ४२ जना, प्रदेश परिषदका लागि ३४ जना तथा राष्ट्रिय परिषदका लागि १४ जनाको उम्मेदवारी परेको छ । जिल्लाबाट जिल्ला, प्रदेश र राष्ट्रिय परिषद गरी ४५ पदका लागि ९० जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो ।

दाङमा अध्यक्ष पदका लागि दुर्गालाल केसी र लक्ष्मी आचार्यको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । जस अनुसार प्रेस चौतारी नेपालले केसीलाई अध्यक्ष पदको उम्मेदवार बनाउँदा उपाध्यक्षमा ओपेन्द्र बस्नेत, महिला उपाध्यक्षमा रञ्जिता शर्मा अधिकारीलाई उम्मेदवार बनाएको छ । यस्तै, सचिवमा गोकर्ण पौडेल, खुला सह–सचिवमा दशरथ घिमिरेलाई उम्मेदवार बनाउँदा समावेशी सह–सचिवमा दिप्तीशिखा चौधरीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, चौतारीले कोषाध्यक्षमा प्रेमविवश घर्तीलाई उम्मेदवार बनाएको छ । कार्यसमिति सदस्यका लागि महिला सदस्यमा मिना बिश्वकर्मा, दलित सदस्यमा लक्ष्मण विश्वकर्मा, आदिवासी सदस्यका रुपमा नवीन चौधरी, मधेशी सदस्यमा सन्तोषकुमार गुप्तालाई उम्मेदवार बनाउँदा अन्य समावेशी सदस्यका रुपमा शिव घर्तीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, प्रेस संगठन, प्रेस युनियन लगायतका संगठनको समीकरणबाट लक्ष्मी आचार्यलाई अध्यक्ष पदको उम्मेदवार बनाउँदै चुनावी मैदानमा उत्रिएको छ । जसको प्यानलबाट उपाध्यक्षमा प्रेस युनियनका अध्यक्षसमेत रहनुभएको सन्तोष सुवेदीको उम्मेदवारी परेको छ । यस्तै, महिला उपाध्यक्षमा बसुन्धरा गौतम, सचिवमा आरके शीतल ‘रमेश केसी’ लाई उम्मेदवार बनाउँदा खुल्ला सह–सचिवमा दामोदर बस्नते ‘राकेश’ तथा समावेशी सह–सचिवमा देवी भण्डारीलाई उम्मेदवार बनाएको छ ।

महासंघको कोषाध्यक्ष पदका लागि युनियनको गठबन्धनले शरद रेग्मीलाई उम्मेदवार बनाएको छ भने महिला सदस्यमा उमा भण्डारी, दलित सदस्यमा गिरीराज नेपाली, आदिवासी सदस्यमा अञ्जना चौधरी, मधेशी सदस्यमा दुखहरण यादव तथा अन्य समावेशीमा विवेक खड्कालाई उम्मेदवार बनाएको छ । यस्तै, खुल्ला सदस्यमा ८ पदका लागि १८ जनाको उम्मेदवारी परेको संयोजक गौतमले जानकारी दिनुभयो । महासंघको जिल्ला कार्यसमितिका लागि खुला सदस्यमा स्वतन्त्र रुपमा पनि उम्मेदवारी परेको छ । दुई समुहबाट सबै पदमा उम्मेदवारी परेकाले चुनावमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लामा २० पद, प्रदेश परिषदका लागि १८ पद तथा राष्ट्रिय परिषदका लागि ७ पदका जिल्लामा उम्मेदवारी परेको छ । दाङमा जम्मा २ सय ७६ जना मतदाता रहेका छन् । आईतबार उम्मेदवारी दर्ता गराएकाहरु माथिको दावी विरोधको समय सोमबार दिउँसो साढे १२ बजेसम्म तोकिएको छ । तत्पश्चात अपरान्ह ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय रहेको संयोजक गौतमले बताउनुभयो ।

२५ गते हुने निर्वाचनमा यस पटक जिल्ला तहबाटै प्रदेश र केन्द्रका पदाधिकारी पनि छनौट गर्ने प्रावधान राखिएकाले साधारण सदस्यले पनि सिधै प्रदेश र केन्द्रका पदाधिकारीलाई भोट हाल्न पाउने भएका छन् । देशभरका कुल १३ हजार बढी मतदाता रहेको पत्रकार महासंघको निर्वाचन नजिकिएसँगै पत्रकारहरु आफ्नो पक्षमा मत माग्न व्यस्त भएका छन् ।

 मनोनयन दर्ता गराएको विवरण

दुर्गालाल केसी : अध्यक्ष
ओपेन्द्र बस्नेत : उपाध्यक्ष
रन्जिता शर्मा : उपाध्यक्ष (महिला)
गोकर्ण पौडेल : सचिब
दशरथ घिमिरे :सहसचिब (खुल्ला)
दिप्तिशिखा चौधरी :सहसचिब (समाबेशी)
प्रेम बिबश घर्ती : कोषाध्यक्ष
सुनिलकुमार पोखरेल :सदस्य खुल्ला
माधब कडेल :सदस्य खुल्ला
लक्ष्मण बस्नेत :सदस्य खुल्ला
दिपक जि.एम. (दिलबहादुर) : सदस्य खुल्ला
एकराज भण्डारी :सदस्य खुल्ला
कमल ओलि :सदस्य खुल्ला
बिष्णु आर्ट :सदस्य खुल्ल्ला
ऋषि यादब :सदस्य खुल्ला
संतोषकुमार गुप्ता : सदस्य (मधेसी)
शिव घर्ती : सदस्य (अन्य)
नबिनकुमार चौधरी :सदस्य (आदीवासी जनजाती )
लक्ष्मण विश्वकर्मा : सदस्य (दलित)
मिना विश्वकर्मा : सदस्य (महिला)

राष्ट्रिय परिषद सदस्यहरुमा
वसन्त बिबश आचार्य
संगीत बस्याल (भिमकान्त)
सुदर्शन रिजाल
रोशनमान श्रेष्ठ
सन्तोष दहित
सुरेश सुमन डाँगी
शरद अधिकारी

प्रदेश परिषद सदस्य
अनन्त आर.सि
ओमप्रकाश गुप्ता
उज्वल आचार्य
कुलबिर चौधरी
छवि पुरी
टिकादत्त खनाल (खनाल)
निमुसङ्गम घर्ती
प्रदिप पाण्डे
बिमल योगि
वसन्त परियार
मेनका घर्ती (बिमला)
रिता लामा
रमा पोखरेल
लोकराज साधक
सरिता सुवेदी
शालिकराम डाङ्गी (मुसाफिर)
सुधा सुमन ढकाल (तिला)
शिबराज पन्थी

गठबन्धन तर्फबाट 
लक्ष्मी आचार्य : अध्यक्ष
सन्तोष सुवेदी : उपाध्यक्ष
बसुन्धारा गौतम : उपाध्यक्ष (महिला)
रमेश केसी (आरके शितल :सचिव
शरद रेग्मी : कोषाध्यक्ष )
दामोदर बस्नेत (राकेश) :सहसचिव
देवी भण्डारी :सहसचिव (समावेशी )
गिरीराज नेपाली : सदस्य (दलित)
अन्जना चौधरी :सदस्य (आदीवासी तथा जनजाती)
खुल्ला सदस्यहरुमा
१.आभास बुढाथोकी
२. उदय वि.सी.
३. ऋषि यादव
४. एकराज भण्डारी
५. कमल ओली
६. कुलदीप न्यौपाने
७. जीवन नेपाली
८. प्रेम तिवारी
९. विष्णु आर्ट ‘विष्णुप्रसाद पोख्रेल’
१०. माधव कँडेल
११. दीपक बोहरा
१२. दिलबहादुर घर्ती ‘दीपक जीएम’
१३. यमकला भुसाल
१४. लक्ष्मण बस्नेत
१५. सन्तोष के.सी.
१६. सुनिलकुमार पोखरेल
१७. सरिता चौधरी
१८. शिवराज खनाल

केन्द्रिय पार्सद
नारायणी रजौरे
नरेन्द्र के.सी.
प्रकाश चौधरी
भूपेन्द्र ओली
सुशीलकुमार बस्नेत
हेमराज शर्मा
हिरामणि दुःखी
गोविन्द खड्का
चेतन रेेेेग्मी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे