LISTEN LIVE RADIO

लमही-घोराही सडक खण्ड आज देखि पाँच दिन बन्द हुने



लमही-घोराही सडक खण्ड आज देखि पाँच दिन बन्द हुने

दाङ २२ चैत्र । घोराही-लमही सडक खण्ड आज देखि पाँच दिनका लागि बन्द हुने भएकाे छ । साे सडक खण्डको विभिन्न ठाउँमा सडक जिर्ण बनेको र त्यसको मर्मत गर्नुपर्ने भएकाले आज देखि  चैत २६ गते साँझ सम्म पूर्ण रुपमा ठूला सवारी साधन चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले दाङले जनाएको छ ।

बस, ट्रक टिपर, ट्रलीलगायत ठूला सवारी सधान चलाउन रोक लगाइएको र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायन पौडेलले बताए। तर स्कारपियो, हायस लगायत साना सवारी सधान भने संचलन हुने उनले जानकारी दिए। ठूला सवारी सधानले अब ५ दिन बैकल्पिक सडकको रुपमा तुलसीपुर-अमेलिया सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे