LISTEN LIVE RADIO

पत्रकार महासंघ दाङकाे निर्वाचनमा केसी र आचार्य भिड्दै



पत्रकार महासंघ दाङकाे निर्वाचनमा केसी र आचार्य भिड्दै

दाङ २१ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनले दाङमा पनि चुनाबी सरगर्मी बढेकाे छ । जिल्लामा अध्यक्षमा लक्ष्मी आचार्य र दुर्गालाल केसीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । प्रेस संगठन, प्रेस युनियनलगायतका संगठनको समीकरणबाट लक्ष्मी आचार्यलाई अध्यक्ष बनाउने सहमति भएको छ ।

दाङबाट विपुल पोखरेल केन्द्रीय अध्यक्षको उम्मेदावरी भएपछि युनियनले जिल्ला अध्यक्षमा प्रेस संगठनलाई अध्यक्ष दिने सहमती अनुसार प्रेस संगठनले आचार्यलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । आचार्य नयाँ युगवोध दैनिकका सम्पादक हुन् । उनी जिल्लामा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । महिला पत्रकारहरुपनि नेतृत्व गर्न सक्षम छन्, भन्ने एउटा उदाहरण लक्ष्मीले देखाउने होडमा छिन् ।

प्रेस चौतारीसहित केही साना संगठनले दुर्गालाल केसीलाई अध्यक्षको उम्मेदवार बनाउने गरि तयारी गरेका छन् । होलीको अवसरमा बाह्रकुने दहमा कार्यक्रम गरि अध्यक्षमा दुर्गालाल केसीको घोषण गरिसकेका छन् । केसीले चुनाबी अभियानलाई पनि तिब्र पारेका छन् । दाङमा जम्मा २ सय ७७ मतदाता हुन् । ति मध्ये प्रेस युनियनले सबै भन्दा बढि मतदाता आफ्नो संगठनमा आबद्ध भएको दावी गर्दै आएको छ । चौतारीले युनियन र आफूमा करिब समान–समान मत रहेको दावी गर्दै आएको छ । महासंघमा प्रेस संगठन तेस्रो स्थानमा रहेको बताउँदै आएको छ ।

प्रदेशमा ५ जनाको उम्मेदवारी
दाङबाट लुम्बिनी प्रदेशकालागि पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेश खुल्ला उपाध्यक्षमा चौतारीका गणेश आचार्य, महिला उपाध्यक्षमा प्रेस संगठनका चुमा आचार्य र सदस्यमा प्रेस संगठनकै केशरमान वीसीको उम्मेदावरी परेको छ, भने महिला सदस्यमा प्रेस युनियनका पार्वती बस्नेत र खुल्ला सदस्यमा किरण विक्रम शाहको उम्मेदवारी परेको छ ।

दाङबाटै केन्द्रीय अध्यक्ष
दाङबाटै केन्द्रीय अध्यक्षकालागि विपुल पोखरेलको उम्मेदवारी परेको छ । प्रेस युनियन निकट रहेका उनी यस अघि बरिष्ठ उपाध्यक्ष थिए । त्यस्तै दाङबाट समावेशी उपाध्यक्षमा प्रगतिशिल पत्रकार संघका उदय जीएम, प्रदेश तर्फबाट चौतारीका टीका बस्नेत, मिडिया नेपालका बंशीकुमार शर्माको उम्मेदवारी परेको छ । त्यस्तै दाङकै गणेशप्रसाद बञ्जाडेको पनि केन्द्रीय सदस्यमा उम्मेदवारी परेको छ ।

तुलसीपुर अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे