LISTEN LIVE RADIO

प्रधानमन्त्री ओलीले संबैधानिक संकट निम्ताउन खाेजेका छन् : बालकृष्ण खाण



प्रधानमन्त्री ओलीले संबैधानिक संकट निम्ताउन खाेजेका छन् : बालकृष्ण खाण

देउखुरी २१ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली नागरिकको हक अधिकार खोस्ने र संबैधानिक संकट निम्ताउने गरेको आरोप लगाएका छन् । शनिबार राप्ती समाज क्यानाडा र राप्ती गाउँपालिका तरुण दलद्धारा आयोजित जुम भर्चुअल कार्यक्रममा  प्रमुख सचेतक खाँडले यस्ताे बताएका हुन् । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा प्रमुख अतिथि समेत रहेका  खाणले स्वर्गीय खड्कालाई स्मरण गर्दैै हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दै एक अदम्य इच्छा शक्ति भएको नेताका रूपमा चित्रण गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, पुर्व केन्द्रीय सदस्य महेन्द्र शर्मा, केन्द्रिय सदस्य योगेन्द्र चौधरी, आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे र दाङ्ग जिल्ला सभापती कृतिबहादुर खड्का लगायतका नेताहरुको सहभागीता रहेको थियो। राप्ती गाउँपालिका तरुणदलका अध्यक्ष आशिष पाैडेलकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सन्चालन राप्ती समाज क्यानडाका सदस्य निरञ्जन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे