LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशकाे राजधानी दाङ सहित सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना



लुम्बिनी प्रदेशकाे राजधानी दाङ सहित सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना

दाङ १८ चैत्र। निर्वाचन आयोगले सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको छ । बुधबार प्रदेश निर्वाचन कार्यालयहरुको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

आयोगले हाल प्रदेश राजधानी रहेका दाङ मोरङ, धनुषा, मकवानपुर, कास्की, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको हो । प्रदेश निर्वाचन कार्यालयमा प्रशासन सेवाका उपसचिवको नेतृत्वमा ९ जना कर्मचारी रहनेछन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगलाई संघीय ढाँचा अनुकूल तुल्याउन र आयोगका काम प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे