LISTEN LIVE RADIO

रूपन्देहीमा स्वास्थ्य शिविर सम्पन्न



रूपन्देहीमा स्वास्थ्य शिविर सम्पन्न

रूपन्देही १८ चैत्र । नेपाल नेत्रहिन संघ रूपन्देही श्रवणदृिष्ट विहिन परियाेजनाद्वारा रूपन्देही जिल्लामा रहेका कान तथा आँखाकाे समस्या भएका बालबालिका तथा विद्यार्थीहरूकाे सुनाई क्षमता र दृष्टि शक्तिकाे परिक्षण गरिएकाे छ । रण अम्बिका आँखा अस्पतालकाे प्राविधक सहयोगमा रूपन्देही नेत्रहिन संघ बुटवल-१२, तामनगरकाे कार्यालयमा आँखा तथा कानकाे परिक्षण गरिएको थियाे ।

रूपन्देही नेत्रहिन संघकाे अध्यक्ष कृष्णबहादुर जिसीकाे आँखा परिक्षणबाट शुरूवात गरिएको स्वास्थ शिविरमा  शान्ति नमुना मावि,  बाल बहिरा मावि तथा रूपन्देही जिल्लाका विभिन्न स्थानबाट गरि करिब ६५ जनाकाे उपस्थितमा ५० जनाकाे परिक्षण गरिएको परियाेजना प्रशिक्षक टिकाराम पाैडेल जानकारी दिए ।

परियाेजनाले परियाेजना सञ्चालन भएकाे अवधी देखि नै अपांगता भएका व्यत्ति तथ्यांक सङ्कलन गर्ने, उनीहरूकाे सम्पूर्ण विवरणहरू सहितकाे फारम भर्ने स्वास्थ शिविर र स्वास्थ परिक्षण गर्ने र छनाेटमा परेका एउटै व्यत्तिकाे कान र आँखाकाे समस्या भएका श्रवण दृष्टि विहिन अपांगता भएका व्यती दैनिकी कृयाकलाप र सामान्य शिक्षा याेजना आदि सञ्चालन गर्दै आएकाे परियाेजना प्रशिक्षक लक्ष्मी जिसीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे