LISTEN LIVE RADIO

पर्यटकको आकर्षक केन्द्र बिन्दु बन्दै नेपालको दोस्रो लामो पुल



पर्यटकको आकर्षक केन्द्र बिन्दु बन्दै नेपालको दोस्रो लामो पुल

सिसहनियाँ १८ चैत्र । दाङको देउखुरीमा रहेको नेपालको दोस्रो लामो पुल पर्यटकको आकर्षक केन्द्र विन्दु बन्न थालेको छ । देउखुरी उपत्यकाको दक्षिणी भूभागका नागरिकहरूलाई पूर्व पश्चिम राजमार्ग सडक सञ्जाल जोड्ने राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल अहिले देउखुरी क्षेत्रका लागि एडटा आकर्षक पर्यटकीय स्थल बन्नुका साथै एक पटक जानै पर्ने आकर्षक स्थान पनि बनेको छ।

पुल आसपासमा वनभोज खान, घुमफिर गर्न, टिकटक बनाउन र पुलको अवलोकन गर्न आन्तरिक पर्यटकको घुईँचो नै लाग्ने गरेको छ। गएको होलीमा पुलमै होली मनाउनेको घुइँचो नै लागेको थियोे । अहिले पुल आसपासमा होटल, रेष्टुरेन्ट, फनपार्क निर्माण समेत भएको छ । पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ। करिब एक अर्बको लागतमा राप्ती नदीमा उक्त पुलको निर्माण गरिएको हो।

नेपालको सबैभन्दा लामो कर्णाली नदी पुलको लम्बाइ एक हजार १५ मिटरको छ। आर्थिक वर्ष २०७२/७३ देखि निर्माण कार्य शुरु भएको सो पुल सम्झौता अवधि पूरा हुनु चार महिना अघि नै काम सम्पन्न भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते पुल शिलान्यास गरेकाे पुलकाे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पक्की गरेका थिए।

पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ। राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे – भालुवाङ हुँदै करीब डेढ घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । पुल निर्माण पछि आय आर्जनमा टेवा पुन्नेछ। देखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ। यहाँ प्रधामन्त्री कृषि परियोजना अन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे