LISTEN LIVE RADIO

देउखुरीकाे श्रीगाउँमा हात्तीपाईले रोग निवारणका लागि अन्तरक्रिया



देउखुरीकाे श्रीगाउँमा हात्तीपाईले रोग निवारणका लागि अन्तरक्रिया

लमही १८ चैत्र । हात्तीपाईले रोग निवारणका लागि आम औषधी सेवन कार्यक्रमबारे अन्तरक्रिया कार्यक्रम बुधबार लमही नगरपालिका २ श्रीगाउँमा सम्पन्न भएको छ। लमही नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा औषधी सेवन गराउनु पुर्व सचेतनाका लागि समुदाय सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा लमही नगरपालिका २ र ३ नम्बर वडाका स्थानीय एवं बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।

हात्तिपाईले रोग जुनसुकै उमेरका व्यक्तिहरुलाई पनि लाग्न सक्ने भएकाले हेलचक्र्याइँ गर्न नहुने स्वास्थ्य विदहरुको भनाई छ । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले बालबालिकाहरु अझै जोखिममा हुनसक्ने स्वास्थ्य चौकि सोनपुरकि अनमी बसन्ती चौधरीको भनाइ छ। यो रोग लागेमा जाडो लागेर ज्वोरो आउनु,शरिरमा कम्पन छुट्नु, हातगोडामा निला – काला धर्साहरु देखिनु, पिसाब रातो वा सेतो आउनु लगाएतका अन्य लक्ष्यणहरु समेत देखा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे