LISTEN LIVE RADIO

नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख राखियाे



नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख राखियाे

सिसहनियाँ १७ चैत्र । नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख राखिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पक्की पुलकाे उद्घाटनका क्रममा अनावरण गरेकाे शिलालेख केही दिनमै ताेडफाेड भएको थियाे।

शिलालेखमा सिसहनियाँ राप्ती पुल नाम राखिएको थियाे। नयाँ शिलालेखमा महदेवा सिसहनियाँ राप्ती पुलकाे नाम राखिएको छ। पुल गढवा गाउँपालिकाकाे महदेवा क्षेत्रमा रहेकाले पुलकाे नाममा महदेवा नराखिएको भन्दै विरोध भएको थियो। तर याे पुलकाे शिलालेख ताेडफाेडमा गाउँलेकाे असन्तुष्टि बीच तत्कालीन नेकपा भित्रकाे अन्तरविरोधले काम गरेकाे दावी गरिएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते पुल शिलान्यास गरेका थिए। करिब १ अर्ब रुपैयाँ लागतको यो पुल चार वर्ष भित्र बनाइसक्ने सम्झौता भएको थियो। पुल पूर्व निर्धारित समय भन्दा ४ महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो। यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे