LISTEN LIVE RADIO

राष्ट्रिय जनमोर्चामा लागेकै कारण नाका क्षेत्रमा बस्ने स्थानीय किसानहरू विकासबाट बञ्चित



राष्ट्रिय जनमोर्चामा लागेकै कारण नाका क्षेत्रमा बस्ने स्थानीय किसानहरू विकासबाट बञ्चित

राजपुर १७ चैत्र । दाङ देउखुरीको विकट क्षेत्र राजपुर गाउँपालिका वडा नम्बर ७ सिमगजमरी नाका सीमा क्षेत्र बस्ने स्थानीय किसानहरू राष्ट्रिय जनमोर्चा पार्टीका सदस्य भएकै कारण विकास बजेटबाट बञ्चित भएका छन् । राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीका सदस्य तेजबहादुर बाठा मगरले दिएको जानकारी अनुसार सिमगजमरी खोलाले गएको साउनमा बाढी आउँदा सिँचाइ कुलो बगाएर क्षतबिक्षत पारेको थियो ।

उक्त कुलो निर्माणका लागि स्थानीय राजपुर गाउँपालिका वडा नम्बर ७ मा स्थानीय किसानहरुले बजेट तथा प्राविधिक सहयोगका लागि निवेदन दिएका थिए । वडा अध्यक्ष भिमबहादुर खड्काले राजपुर गाउँपालिकामा उक्त कुलो मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्न सिफारिस गरेका थिए । स्थानीय किसानहरू वडा अध्यक्ष भिमबहादुर खड्काको सिफारिस सहित गाउँले पीडित स्थानियहरूले उक्त निवेदन लिएर गाउँपालिकाका कार्यकारी प्रमुख रामप्रसाद खनाल समक्ष पेश गरेका थिए।

हिउँदे अधिवेशनबाट ऐनकै सम्बोधन गर्ने हामीले पहल गर्नेछौं । गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवले हामीले यो विषयमा के कति हुन्छ सम्बोधन गर्ने छौं तपाईंको समस्या हल हुनैपर्छ भनेका थिए । साेही बमोजिम उक्त निवेदन र सिफारिस पत्र दर्ता भएको थियो र लामो समय पछाडि राजपुर गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको थियो।

उक्त अधिवेसनले वडा कार्यालय मार्फत उक्त कुलो मर्मतका १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भएता पनि वडाअध्यक्ष भिमबहादुर खड्काले उक्त गाउँका पीडित किसानहरु राष्ट्रिय जनमोर्चाका समर्थक भएकाले बजेट दिन नसक्ने भन्दै उनीहरुलाई वडा कार्यालयबाट फर्काइदिएकाे राजमो राजपुर एरिया समिति सदस्य तेजबहादुर बाठा मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे