LISTEN LIVE RADIO

राेल्पा लिवाङको जंगलमा भिषण आगलागी



राेल्पा लिवाङको जंगलमा भिषण आगलागी

रोल्पा १७ चैत्र । रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ हर्जङको सालघारी लिवाङको जंगलमा भिषण आगलागी भइरहेकोछ । मंगलबार दिउँसो करिब २ बजे तिर भएको आगलागीका कारण जंगलहरु खरानी बनेका छन् ।

आगो निभाउन प्रहरी चौकी गुम्चाल र सुलिचौर देखि गएको प्रहरी टोली, जनप्रतिनीधि तथा स्थानीयबासीको प्रयास भए पनि आगो नियन्त्रण बाहिर रहेको वडा अध्यक्ष कर्णबहादुर रोकाले जानकारी दिएका छन्।

अग्नी रेखा कोरेर आगो निभाउने प्रयास भएपनि आगो नियन्त्रण बाहिर रहेको तथा आगो गाउँ पस्न सक्ने सम्भावना भएकोले उच्च सतर्कता अपनाइएको र अत्ति आवश्यक सामानहरु सुरक्षित ठाउँमा सारिएको अध्यक्ष रोकाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे