LISTEN LIVE RADIO

बंगलाचुलीमा नेकपा एमालेकाे संगठन विस्तार तीब्र



बंगलाचुलीमा नेकपा एमालेकाे संगठन विस्तार तीब्र

दाङ ३ चैत । नेकपा एमालले बंगलाचुली गाउँपालिकामा संगठन विस्तार अभियानलाई तिब्र पारेकाे छ । मंगलबार वडा नम्बर ३ र ४ मा वडा स्तरिय कमिटी गठन गरिएको छ । नेकपा एमाले केपी अाेली पक्षका जिल्ला सचिव मनाेहर बुढाथोकी लगायतका नेताहरुकाे उपस्थितिमा संगठन विस्तारलाइ तिब्र पारिएको हाे ।

वडा नम्बर ३ मा विनबहादुर खत्रीकाे अध्यक्षतमा ३१ सदस्यीय र वडा नम्बर ४ मा जमराज थापाकाे अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जनवर्गीय संगठन अन्तरगत राष्ट्रिय युवा संघकाे कमिटी विस्तार गरिएको छ । संगठन विस्तार अभियानकाे नेतृत्व जिल्ला सचिव मनाेहर बुढाथाेकीले गरेका छन् ।

साथमा पार्टीका नेता भेषराज खत्री, हेमराज पुन, अरणकुमार शर्मा, गाेविन्द अाचार्य, गिरबहादुर कवर लगायत रहेका छन् । यस्तै मंगलबार बंगलाचुलीकाे कमिरे चाैरमा नेकपा एमाले गाउँपालिका कमिटी कार्यालयकाे उद्घाटन गरिएको छ । जिल्ला सचिव बुढाथोकीले कार्यालयकाे उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे