जनगणनामा सहि, स्पष्ट र विश्लेषणात्मक तथ्यांक नआएको अपांगता भएका नागरिकहरूको गुनासो



जनगणनामा सहि, स्पष्ट र विश्लेषणात्मक तथ्यांक नआएको अपांगता भएका नागरिकहरूको गुनासो

भालुवाङ ५ जेठ । नेपालको जनगणना २०७८ मा सहि, स्पष्ट र विश्लेषणात्मक तथ्यांक नआएको अपांगता भएका नागरिकहरूले गुनासो गरेका छन् ।

यु.एन.डि.पीको सहयोगमा राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले शनिवार दाङको राप्ती गाउँपालिका २ लालमटियामा आयोजना गरेको अपाङ्गता सम्बन्धी तथ्याङ्गीय प्रतिवेदन नजिताले समेटिएका विषयहरुमा प्रदेश स्तरीय सरोकारवाला निकायहरु सँगको पैरवी तथा अन्तरक्रिया कार्यक्रममा सहभागी अपांगता भएका नागरिकहरूले सो गुनासो गरेका हुन् । जनगणनामा सहि, स्पष्ट र विश्लेषणात्मक डाटा नआएकोले आगामी जनगणनामा अपांगता भएका नागरिकहरूलाई गणकमा राखेर तथ्यांक लिनका लागि सरकार पक्ष बढी जिम्मेवार हुनुपर्ने माग समेत गरेका छन् । त्यस्तै गणकहरुले तथ्यांक लिने विधि, प्रकृया तथा सहि सुचना नलिएको अपांगता भएका नागरिकहरूले गुनासो गरेका छन् ।राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता एवम् भौतिक पुर्वधार विकास मन्त्रालयका महाशाखा अधिकृत कर्णबहादुर नेपालीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय अपांग महासंघ नेपालका संघीय अध्यक्ष देवीदत्त आचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि महाशाखा अधिकृत नेपालीले तथ्याङ्गमा थुप्रै कुराहरु छुटेको महसुस गरेको बताउँदै आगामी जनगणनामा त्यसलाई सुधार गरेर लग्ने बताएका छन् । त्यस्तै अपांग महासंघका संघीय अध्यक्ष देविदत्त आचार्यले २०७८ सालको जनगणनामा देखिएको समस्यालाई आगामी जनगणनाबाट सुधार ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

हालको तथ्याङ्गमा विभिन्न विषयवस्तुहरु छुटेका छन् । अव त्यसलाई २०८८ सालको जनगणनामा सच्चाउन आवश्यक रहेको उनले बताए ।
सामाजिक विकास मन्त्रालयका कानुन शाखा अधिकृत विजया सेढाई, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि कमला ज्ञवाली, राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगी, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । कोषाध्यक्ष अजय कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालय व्यवस्थापक धिरेन्द्र विश्वकर्माले गरेका थिए । कार्यक्रममा २५ जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे