LISTEN LIVE RADIO

बालुवाटारमा एमालेको आज चियापान : खनाल-नेपाल समूह नजाने



बालुवाटारमा एमालेको आज  चियापान : खनाल-नेपाल समूह नजाने

काठमाण्डाै ३ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको छ ।मोबाइल एसएमएसमार्फत उनले निम्तोसहितको सन्देश पठाएका छन् ।

छन्। तर चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ । खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे