नेपाल औषधी व्यवसायी संघ दाङको भेला तथा लागुपदार्थ दुव्र्यशन सम्बन्धी प्रशिक्षण कार्यक्रम



नेपाल औषधी व्यवसायी संघ दाङको भेला तथा लागुपदार्थ दुव्र्यशन सम्बन्धी प्रशिक्षण कार्यक्रम

दाङ ५ जेठ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाको तुलसीपुर स्तरीय क्षेत्रगत भेला लागुपदार्थ दुव्र्यशन सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा एवम् केन्द्रिय सदस्य भुवनेश्वर बुढाको प्रमुख आतिथ्यता तथा तुलसीपुर उद्योग वाणिज्य संका अध्यक्ष विनिल केसीको विशिष्ट आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । संघका उपाध्यक्ष अजय केसीको स्वागत मन्तव्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा औषधी व्यवसायीहरुलाई लागुपदार्थ दुव्र्यशन सम्बन्धी प्रशिक्षण इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नबचन्द्र मल्लले प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा असल फार्मेसी सञ्चालन सम्बन्धी प्रशिक्षण रमेश खनालले दिएका थिए । ८० जना सहभागीता रहेको सो कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमिति तथा पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । साथै धर्मराज बुढाको संयोजकत्वमा २ सदस्य भिम बस्नेत, ओमप्रसाद डाँगी रहेको तुलसीपुर स्तरीय क्षेत्रगत उपसमिति र अजय केसीको संयोजकत्वमा ९ सदस्य उपसमिति गठन गरिएको छ । कार्यक्रमको सञ्चालन संघका महासचिव सुनिल रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे