लमही स्थित अर्जुन खाेलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु



लमही स्थित अर्जुन खाेलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

लमही ५ जेठ । लमही स्थित अर्जुन खाेलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएको छ ।

लमही नगरपालिका-६ कुलमाेहर स्थित अर्जुन खाेलामा पाैडी खेल्ने क्रममा लमही नगरपालिका-५ आदर्श टाेल निवासी बसन्तराज भण्डारीका १३ बर्षिया छाेरा विवेक भण्डारीकाे डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

साथीहरू मिलेर नुहाउन गएका भण्डारी अर्जुन खाेलामा डुबेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे टोलीले पानीमा डुबेका भण्डारीकाे खाेजी गरेकाे थियाे । मृत अवस्थामा फेला परेका भण्डारीकाे शवलाइ पोस्टमार्टमका लागि लमही अस्पतालकाे शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे