LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको आठ नम्बर वडामा पुख्र्यौली साँस्कृतिक कार्यक्रम सम्पन्न



राप्ती गाउँपालिकाको आठ नम्बर वडामा पुख्र्यौली साँस्कृतिक कार्यक्रम सम्पन्न

सिसहनियाँ २१ फागुन । दाङ देउखुरीेको राप्ती गाउँपालिका वडा नम्बर ८ मा पुख्र्यौली साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय कला संस्कृति तथा भेषभुषाको संरक्षणका लागि साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ८ नम्बर वडा कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।

वडा अध्यक्ष गोकर्णबहादुर रानाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ८ का स्थानिय बासीन्दाहरुद्धारा साँस्कृतिक कला प्रदर्शन गरिएको थियो । स्थानीय थारु, मगर, गुरुङ समुदायका पुराना लोपोन्मुख संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतिहरु देखाइएको थियो ।

स्थानीय ११ वटा लोपोन्मुख संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतिहरु रहेको कार्यक्रममा घाँटु नाच, सोरठी नाच, कौडा नाच, पैया नाच, झ्याउरे नाच, झुमरा नाच, पञ्चेबाजा नौमती नाच लगायतका नाच प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा प्रस्तुति राख्ने सहभागी समुहलाई वडा कायालयले नगद तथा प्रमाणपत्रले सम्मान समेत गरेको थियो । यता आगामी फागुन २६ गते वडा नम्बर ६ को पत्थरगढवामा समेत साँस्कृतिक कार्यक्रम तथा वडा कार्यालय उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे