गढवामा खानेपानी उपभोक्ता संस्थाहरुको संयुक्त भेला



गढवामा खानेपानी उपभोक्ता संस्थाहरुको संयुक्त भेला

गढवा २१ फागुन । खानेपानी सबैका लागि–सधैका लागि भन्ने नाराका साथ शुक्रवार गढवा गाउँपालिकाको आठ वटै वडाहरुमा रहेका खानेपानी तथा उपभोक्ता समितिहरुको संयुक्त भेला सम्पन्न भएको छ । खानेपानी तथा उपभोक्ता सरसफाई (फेडवासन) जिल्ला शाखा दाङको आयोजनामा गढवा गाउँपालिका स्तरीय खानेपानी उपभोक्ता महासंघ स्थापनार्थ भेलाको आयोजना गरिएको जिल्ला अध्यक्ष ध्रुव ठकूरीले जानकारी दिए ।

फेडवासन महासंघ दाङका अध्यक्ष ध्रुव ठकूरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले गाउँपालिकाका सबै वडाहरुमा रहेका खानेपानीका आयोजनाहरुलाई ब्यवस्थित र थप विस्तार गर्न गाउँपालिकाको तर्फबाट सम्बन्धित निकायसंग समन्वय र सहकार्य रहने प्रतिवद्धता ब्यक्त गरे । आजको युगमा आम नागरिकहरुले सुद्ध खानेपानी खान पाऊनु नागरिकहरुको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न गाउँपालिका हरदम लागिरहने र सबै वडाहरुमा खानेपानीको पहुँच पु¥याउदै गरेको बताए ।

कार्यक्रममा लमही खानेपानीका जंगबहादुर चौधरी, गंगापरस्पुर खानेपानीका लिला थापा, गढवा खानेपानीका संयोजक उमाकान्त पन्त र मनिकापुर खानेपानीका मिना भट्टराई लगायतले बोलेका थिए ।
गढवा खानेपानीका संस्थाका अध्यक्ष लेखबहादुर थापाको स्वागत मनतब्यबाट सुरु भएको भेलाको संचालन फेड्वासन महासंघ दाङका सचिव केशब दाहालले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे