LISTEN LIVE RADIO

राप्तीद्धारा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा मुनलाइट टाइगर्सको विजय सुरुवात



राप्तीद्धारा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा मुनलाइट टाइगर्सको विजय सुरुवात

भालुवाङ २१ फागुन । दाङको देउखुरीमा यस वर्षको ठुलो धनराशीको खेल राप्तीद्धारा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ सुरु भएको छ । राप्ती गाउँपालिका १ पाखापानीको खेलमैदानमा बिहिवार देखि सुरु भएको पहिलो खेलमा मुनलाइट टाइगर्स र कालिका लायन्स बिचको खेलमा मुनलाईट १८ रनले बिजय भएको छ ।

अमित तामाङको ३६ बलमा १२ छक्का र ६ चौका सहित ११० रनको उत्कृष्ट पारीको मदतमा २० ओभरको गेममा मुन्लाइटले ६ विकेट गुमाउँदै १८८ रन प्रहार गरेको थियो । कालिकाको बलिङतर्फ हेमराज सुवेदीले दोब्बरमा १९ रन खर्चिएर २ विकेट लिएका थिए ।
जवाफि ब्याटिङमा उत्रेको कालिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १७० बनाउदा कालिकाको लागि कुमार नेपालीले ९ चौका र ३ छक्काको मद्दतमा ७१ रनको टिमको लागि उत्कृष्ट पारी खेले पनी आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । बलिङतर्फ मुनलाइटको अमित तामाङले १९ रन खर्चिएर २ विकेट लिएका थिए । पहिलो खेलको म्यान अफ द म्याच अमीत तामाङ भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे