LISTEN LIVE RADIO

शिवसवरी धाम पहरूवामा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने



शिवसवरी धाम पहरूवामा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने

सिसहनियाँ २० फागुन । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन २७ गते महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि फागुन २६, २७, र २८ गते तीन दिन सम्म महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।

धामकाे स्थापनाकाल बिगत सात बर्ष देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएकाे छ । शिवसवरी धाम महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम मूल आयाेजक समिती गठन गरेर यस बर्ष मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएकाे समितीका अध्यक्ष मिश्रुलाल चाैधरीले जानकारी दिएका छन् ।

मेला अबधिभर राष्ट्रिय तथा स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहने समितीका उपाध्यक्ष तथा सांस्कृितक संयाेजक राजेन्द्र चाैधरीले जानकारी दिए । मेलामा विभिन्न व्यापारिक तथा पुजा तथा फलफूलका स्टलहरू समेत रहने समितीकी महासचिव धना चाैधरीले जानकारी दिइन् ।

साथै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारी समेत व्यापक बनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे