LISTEN LIVE RADIO

लुम्बनी प्रदेशकाे स्थायी राजधानीमा राप्तीद्धारा प्रिमियर लिग T-20 क्रिकेट सुरु



लुम्बनी प्रदेशकाे स्थायी राजधानीमा राप्तीद्धारा प्रिमियर लिग T-20 क्रिकेट सुरु

भालुवाङ २० फागुन । दाङको देउखुरीमा यस वर्षको ठुलो धनराशीको खेल राप्तीद्धारा प्रिमियर लिग T-20 क्रिकेट प्रतियोगिता २०७७ सुरु भएको छ । राप्ती गाउँपालिकाको सहयोगमा राप्तीद्धारा क्रिकेट क्लव राप्ती गाउँपालिकाले बुधवार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित राप्ती गाउँपालिका १ पाखापानीको खेलमैदानमा प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ ।

क्लवका अध्यक्ष केशव बोहराको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा खेल सुरु भएको हो । खेलको उद्घाटन गाउँपालिकाका अध्यक्ष सुवेदीले गरेका थिए । क्लवका उपाध्यक्ष दुर्गाप्रसाद गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको खेल उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, पब्लिक बोडिङ स्कुलका प्रिन्सिपल विक्रान्त ज्ञवाली, मुलनाइट माविका प्रिन्सिपल हरिविक्रम शाह र देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सहसचिव विन्दु गिरीले गरेकी थिइन् ।

चैत्र २ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमले भाग लिएका छन् । प्रत्येक दिन ४ वटा टिम बीच प्रतिस्पर्धा हुने छ । २ वटा खेल मैदानमा हुने प्रतियोगिता अन्र्तगत आज पहिलो दिन पाखापानी खेलमैदानमा मुनलाइट टाइगर र कालिका क्यापिटल तथा एटुजेट राइनस र त्रिशुल किग्स बिच खेल हुने छ भने लालमटिया खेलमैदानमा भालुवाङ नाइड राइडर्स र न्यू राजधानी राइडर्स तथा मायादेवी ग्रुप र कृया वारियस बीच खेल हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद रु ३० हजार मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद रु ७ हजार मेडल र प्रमाणपत्र र चौथो हुनेले नगद रु ३ हजार मेडल र प्रमाणपत्र पाउने छन् । खेल अवधीर पाखापानीमा एमपायरको भुमिका ताराप्रसाद ज्ञवाली, त्रिभुन गुप्ता र लालमटियामा लिलामणी पौडेल र रमेश कडेलले निभाउने छन् । भने स्कोरको भुमिका पाखापानीमा समित विश्वकर्मा र लालमटियामा अमृता गुप्ताले निभाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे