LISTEN LIVE RADIO

लमही बजार फराकिलो बनाउन ट्राफिक प्रहरीले सक्रियता देखायो



लमही बजार फराकिलो बनाउन ट्राफिक प्रहरीले सक्रियता देखायो

लमही २० फागुन । लमही बजारलाई ब्यबस्थित बनाउने कार्य आज देखि सुरु गरिएको छ । अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीले आज बिहिवार देखि नाली बाहिर राखेका सरसमानहरु भित्र राख्न अनुरोध गरेपछि लमही बजारको सुन्दरता सँगै बजार क्षेत्र फराकिलो देखिन थालेको छ ।


पटकपटक गरेर नाली बाहिर तथा नालीमा नै समान राखेर ब्यापारीहरु सडकमै आउन थालेपछि प्रहरीले कडाइ गरेको हो । जसले गर्दा बजार कुरुप हुने र दुर्घटना हुन सक्ने भन्दै प्रहरीले कडाइ गरेको हो । लमही बजार कुरुप बन्दै जान थालेपछि प्रहरीले सक्रियता देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे