गढवा उद्योग बाणिज्य संघद्धारा अग्नी पिडितहरुलाई राहात वितरण



गढवा उद्योग बाणिज्य संघद्धारा अग्नी पिडितहरुलाई राहात वितरण

गढवा २० फागुन । गढवा उद्योग बाणिज्य संघले बिहिवार अग्नी पिडितहरुका लागि राहात वितरण गरेको छ । गत फागुन १७ गते गढवाको वडा नं. ७ शान्तीपुरमा भएको आगलागीबाट ३ घर तथा २ गोठ जलेका थिए ।

संघका अध्यक्ष खिमबहादुर बुढा मगरको नेतृत्वमा अग्नी पिडीतको घर शान्तीपुरमा पुगी चामल, दाल, तेल, गुन्द्री तथा तरकारी वितरण गरिएको संघले जनाएको छ । गढवा ७ शान्तीपुरका अग्नीपिडीतहरु मनिराम रिजाल, कर्णबहादुर राना र मिना रानालाई राहात वितरण गरिएको हो । यसै गरी संघले गढवा ८ कोइलाबासका होटल ब्यवसायी सदस्यको घरमा आगलागी भएकोमा खाद्यान्न राहात वितरण गरेको छ ।

यस अघि बुधवार गढवा होटल ब्यवसायी संघले पनि कोइलाबासका अग्नीपिडित थापाको घर परिवारलाई नगद ५हजार ५ सय रुपैयाँ राहात वितरण गरेको संघका अध्यक्ष दयाराम थापाले जानकारी दिएका छन् । यस अघि गढवा गाउँपालिका र नेपाल रेडक्रस सोसायटी उपशाखा गढवा र इन्कोर परियोजनाले पनि अग्नी पिडितहरुको परिवारलाई राहात वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे