तालिमलाई सिपमा परिणत गरी उद्यममा लाग्नुस् : अध्यक्ष यादव



तालिमलाई सिपमा परिणत गरी उद्यममा लाग्नुस् : अध्यक्ष यादव

गढवा २० फागुन । गढवा गाउँपालिकाको आयोजनामा गत ८ दिन अगाडी देखि गढवा ६ को मनिकापुरमा सुरु भएको गरिबि निवारणका लागि लघु उद्यम बिकास सचेतना सम्बन्धि ८ दिने तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । नेपाल सरकारको भुमी ब्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय अन्तर्गत गाउँपालिकामा २ जना उद्यम बिकास सहजकर्ता छनोट गरि कार्यक्रम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

यसै बिच गढवा गाउँपालिका वडा नं. ६ का वडा सदस्य श्रीराम यादवको अधयक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन गरिएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यादवले गरिबी हटाउन र रोजगारी प्रबर्धन गर्न सरकारले यो कार्यक्रम ल्याएको भन्दै तालिमलाई सिपमा परिणत गरी आयआर्जनका उद्यममा लाग्न सबैलाई आग्रह गरे ।

सो अवसरमा गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, वडा सदस्य श्रीराम यादव, सहभागिहरु हिमा नेपाली, सुन्तली नेपाली र बिन्दु ओली लगायतले बोलेका थिए । तालिमको सहजकिरण कुसुम बिश्वकर्मा, अस्मिता योगी र बिना भुजेलले गरेका थिए । तालिममा कुल ३२ जनाको सहभागिता रहेको र पुनःति सबै सहभागीका लागि ३५ दिने तालिम दिइने गाउँपालिकाले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे