LISTEN LIVE RADIO

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न



सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं १९ फागुन । सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ। आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए। दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्षबीच समान धारणा निकट पुगेको बताइएको छ।

विप्लवसँग सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको दावी गरेका छन् । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पहिलो चरणको वार्ता ‘धेरै सैद्धान्तिक र प्राविधिक विषयमा सहमति नजिक’ पुगेको बादलले बताएका हुन् ।

वार्तापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्–‘केही विषयमा छलफल जारी छ, छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’ सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्तामा सहभागी थिए । विप्लव समूहका कार्यालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ वार्तामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे