सितलपुर मन्दिरमा मनोरम पार्क निर्माण हुँदै



सितलपुर मन्दिरमा मनोरम पार्क निर्माण हुँदै

तुलसीपुर १८ फागुन । दाङको पर्यटकिय स्थलका रुपमा परिचित तुलसीपुर १२ स्थित सितलपुर शिव मन्दिरको मुहार फेरिदै छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको १० लाख बजेटबाट उक्त मन्दिर परिसरमा क्यारि निर्माण गरि टायल तथा स-साना मनोरम पार्क समेत निर्माण गर्नका लागि निर्माण कार्य भैरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्ली बहादुर बस्नेतले जानकारी दिए ।

उक्त निर्माण कार्यको प्रदेश सांसद शंकर गिरिले सोमबार अनुगमन तथा निर्माण कार्यको प्रगति बारे जानकारी लिएका छन् । उक्त बजेट बिनियोजनका लागि महत्वपूर्ण भुमिका निर्बाह गर्ने स्थानीय समेत रहेका पहलकर्ता सांसद शंकर गिरीले मन्दिरलाई दाङकै अब्बल पर्यटकिय स्थलको रुपमा बिकास गर्न आफु लागि परेको जानकारी गराए ।

उनले गत बर्ष मन्दिरको विकासका लागि आयोजित शिब पुराण बाचकहरु पण्डित कोमल उपाध्याय, १०८ पुराण संकल्पकर्ता डिला पाण्डेले उक्त निर्माण कार्यको अबलोकन गर्दै मन्दिरको वृद्धि बिकासका लागि सहकार्य गर्न तयार रहेको बताए । स्थापनाकाल देखि नै सितलपुर मन्दिरमा शिबरात्रिमा बिशेष मेला लाग्ने र मन्दिरमा सोमबार पनि बिशेष सांस्कृतिक कार्यक्रम संचालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे