दाङमा ब्राउनसुगर सहित ओली समुहका जिल्ला सदस्य पाेख्रेल पक्राउ



दाङमा ब्राउनसुगर सहित ओली समुहका जिल्ला सदस्य पाेख्रेल पक्राउ

तुलसीपुर १६ फागुन । दाङको तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका दाङ जिल्ला सदस्य तुलसा पोख्रेल पक्राउ परेकी छिन् । उनी तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी  रहेको प्रहरी स्रोतले बताएको छ ।

उनले स्कुटरको डिक्कीमा लागुऔषध राखेर ओसारपसार गरिरहेको अबस्थामा आईतबार दिउसो पक्राउ गरिएको प्रहरीले बताएको छ । अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरले यस विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे