दाङमा कर्तव्य ज्यान मुद्धाका फरार एक व्यक्ति  १७ बर्षपछि पक्राउ



दाङमा कर्तव्य ज्यान मुद्धाका फरार एक व्यक्ति  १७ बर्षपछि पक्राउ

घोराही १६ फागुन। कर्तव्य ज्यान मुद्धामा १५ बर्ष कैद तोकिएका एक जनालाई दाङमा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ कटाहका ५५ बर्षिय लिलाबहादुर खत्रीलाई २०६१ साल चैत्र १९ गते व्यक्ति हत्या गरेको सर्वोच्च अदालतबाट ठहर भई १५ बर्षको कैद फैसला भएको थियो ।

तर खत्री घटना पश्चात फरार भई भारतको चण्डीगढमा बस्दै आएको र अहिले छोराको तिथीमा घर फर्किएको अबस्थामा प्रहरीले पक्राउ गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

तत्कालिन अबस्थामा तुलसीपुर ११ कटाहमा घरभएको तर अहिले वडा नम्बर १० राईखल्यानमा नयाँ घर बनाएको र घर आएको अबस्थामा पक्राउ गरि दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

यसैविच अदालत र प्रशासनबाट अपराधमा दोषी ठहर भएका तर फरार रहेका मध्य चालु आर्थिक बर्षको ८ महिनामा ४९ जना पक्राउ गरेका छन् । उनिहरुलाई आबस्यक कैद तथा जरिवाना भुक्तानीका लागि अदालतमा बुझाईएको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे