दाङमा साढे ६४ हजार जनालाई तेस्रो चरणकाे कोरोना खोप लगाईदै 



दाङमा साढे ६४ हजार जनालाई तेस्रो चरणकाे कोरोना खोप लगाईदै 

दाङ १६ फागुन। दाङमा साढे ६४ हजार नागरिकहरुलाई तेस्रो चरणकाे कोरोना भाइरस बिरुद्धको खोप लगाउने तयारी भएको छ । स्वास्थ्य कार्यालय दाङले आज जनप्रतिनिधी, सुरक्षा निकाय र पत्रकारहरु सँग छलफल कार्यक्रमको आयोजना गरि यही फागुन २३ गते देखी तेस्रो चरणको खोप अभियान सुरु गर्ने जानकारी दिएको हो ।

जस अनुसार घोराहीमा १७ हजार ८ सय १९, तुलसीपुरमा १६ हजार एक सय ८४, राप्तीमा ५ हजार ४ सय ३५, लमहीमा ४ हजार ८ सय ६६ र बंगलाचुलीमा ३ हजार ९ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

त्यसैगरी, शान्तिनगरमा ३ हजार ७ सय ७६, बबईमा ३ हजार ४ सय ८१, गढवामा ३ हजार ४ सय २९, राजपुरमा २ हजार ९ सय ५ र दंगिशरणमा २ हजार ६ सय ८७ जनालाई खोप लगाउने गरी तयारी थालिएको उनको भनाई छ ।

पहिलो र दोस्रो चरणमा ७ हजार ८ सय ७९ जनाले कोरोना बिरुद्धको खोप लगाएका र तेस्रो चरणमा ६४ हजार ५ सय ७७ जनालाई खोप लगाउने तयारी गरिएको हो ।

तेस्रो चरणमा ५५ बर्ष भन्दा माथीका व्यक्तिहरु र विद्यालयका शिक्षकहरुलाई खोप दिईने छ । यस अघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कैदीबन्दी, स्वास्थ्य स्वयसेविका, कर्मचारी, पत्रकार र बैकका कर्मचारीहरुले खोप लगाएका थिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन र मास्क एवं स्यानिटाईजरको प्रयोगमा निरन्तरता दिन समेत सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे