LISTEN LIVE RADIO

अनेरास्ववियू क्रान्तिकारीद्वारा भोली साेमबार दाङ सहित राप्तीमा शैक्षिक संस्था बन्दको घोषणा



अनेरास्ववियू क्रान्तिकारीद्वारा भोली साेमबार दाङ सहित राप्तीमा शैक्षिक संस्था बन्दको घोषणा

दाङ २५ माघ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरा स्ववियू) क्रान्तिकारीले सोमबार भोली दाङसहित राप्तीमा शैक्षिक हड्तालको घोषणा गरेको छ । रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रहरीले विद्यार्थीहरुलाई पक्राउ गरेर झुट्टा मुद्दा लगाएको भन्दै यूनियनले सोमबार शैक्षिक हड्ताको घोषणा गरेको हो ।

प्रहरीले यहि माघ १८ गते अखिल क्रान्तिकारी रुकुमपुर्वका अध्यक्ष प्रेम प्रशान्त बोहोरा, कोषाध्यक्ष धन बहादुर वली, र १९ गते संगठन रुकुम पश्चिमका उपाध्यक्ष सोमपाल कामी, सह सचिब प्रकास बिकलाई पक्राउ गरेको थियो । उहाँहरुको रिहाइको माग गर्दै आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन दाङ जिल्ला संयोजक अनिल केसीले विज्ञप्ति जारी गरेर शैक्षिक हड्तालको घोषणा गरेको बताए ।

यसैबीच भरखरै मात्र बैतडी जिल्लामा कक्षा १२ मा अध्ययनरत १७ बर्षिय छात्रा भागीरथी भट्टको बलात्कारपछि विभत्स हत्या भएको प्रति श्रदान्जली व्यक्त गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा कर्बाही गर्न र पिडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग माग गर्दछौ अखिल क्रान्तिकारी अनिल केसीद्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राप्ती समिति संगठनले गरेको आम शैक्षिक हड्तालको कार्यक्रममा भोली दाङ सहित राप्तीमा सबै शैक्षिकसंस्थाहरु बन्द गर्न सबै विद्यार्थी, अभिभाबक शिक्षकहरुमा अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे