LISTEN LIVE RADIO

देउखुरीकाे लमहीमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला



देउखुरीकाे लमहीमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

लमही ७ माघ / दाङमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र नुवाकोट निवासी अन्दाजी २९ वर्षिय रमेश लामा तामाङ झुन्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको     छ । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आएको बुझिएको छ । उनी लमहीको एभरेस्ट प्लाजा होटलमा बाँस बसेको र विहान ८ः ३० बजे होटलका साहुलाई एकछिन बाहिर जान्छु भनी होटलबाट बाहिर निस्किएको बुझिएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे