LISTEN LIVE RADIO

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीओलीलाई सोध्यो स्पष्टीकरण



प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीओलीलाई सोध्यो स्पष्टीकरण

काठमाण्डौ ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलेप्रधानमन्त्री केपीशर्मा ओलीलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्रीओलीलाई स्पष्टिकरण सोधेको पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो ।

त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको र सोहीअनुसार साधारण सदस्यबाट पनि हटाउने गरि गरेको निर्णय बालुवाटारमाबुझाएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । नेकपाका दुबै पक्षका नेताहरुले आ–आफ्ना पक्षका नेता कार्यकर्तालाइ भेट्ने र प्रशिक्षण दिने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे