सिरिन भ्यालीमा तीज विशेष नृत्य प्रतियोगिता : कला संस्कृति संरक्षणमा ध्यान दिन सुझाव



सिरिन भ्यालीमा तीज विशेष नृत्य प्रतियोगिता : कला संस्कृति संरक्षणमा ध्यान दिन सुझाव

भालुवाङ १९ भदौ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा रहेको सिरिन भ्याली पव्लिक स्कुलमा तीज विशेष नृत्य प्रतियोगिता आज सम्पन्न भएको छ ।

प्रतियोगितामा कक्षा १ देखि ३ सम्म भएको प्रतियोगितामा सरू महराको ग्रुप प्रथम, मेलिना वलीको ग्रुप दोस्रो र आरूषी वलीको ग्रुप तेस्रो भएका छन् । त्यस्तै कक्षा ४ देखि ५ सम्म भएको प्रतियोगितामा रजवला शाहको ग्रुप प्रथम, मिरा थापाको ग्रुप दोस्रो र सगुन चाैधरी ग्रुपको तेस्रो भएका छन् । कक्षा ६ देखि ८ सम्म भएको प्रतियोगितामा आरती सेर्पाइलीको ग्रुप प्रथम, एन्जिला खत्रीको ग्रुप दोस्रो र सनिसा गिरीको ग्रुपले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै कक्षा ९ देखि १२ सम्म भएको प्रतियोगितामा रिहानाको ग्रुप प्रथम , करिना सेर्पाइलीको ग्रुप दोस्रो र जेसिका शाहीको ग्रुपले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरूलाई पछि पुरस्कार वितरण गर्ने विद्यालयका प्रिन्सिपल खिमबहादुर केसीले जानकारी दिएका छन् ।

स्कुलका प्रबन्ध निर्देशक तेज बहादुर विष्टको अध्यक्षता एवम् स्कुलका सल्लाहकार कृष्ण गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली कला, संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन् । गीत संगितमा पनि पछिल्लो समय विकृति बढ्दै जान थालेकाले माैलिकतामा ध्यान दिन उनीहरूले आग्रह गरेका छन् । शिक्षिका राधा केसी (जिसी)को स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे