हत्या आरोपित मन्त्री कुर्मी र फरार सांसद केसीलाई बर्खास्त गर्न नेकपा बहुमतको माग



हत्या आरोपित मन्त्री कुर्मी र फरार सांसद केसीलाई बर्खास्त गर्न नेकपा बहुमतको माग

भालुवाङ १६ भदौ । नेपाल कम्युनिस्ट पार्टी बहुमतका केन्द्रीय सदस्य निर्मल राईले हत्या आरोपित मन्त्री र किर्ते मुद्धामा अदालतबाट सजाय तोकिएर फरार सांसदलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मी र श्रीमती सँगको अंश मुद्दामा  किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतबाट  दोषी ठहर भई एक वर्ष कैद र दुई हजार जरिवाना भई फरार रहेका प्रदेश सांसद धनबहादुर केसीलाई कडा कारवाही सँगै पदबाट बर्खास्त गर्न  केन्द्रीय सदस्य राईले माग गरेका छन् । नेकपा बहुमत लुम्बिनी प्रदेश समितिले भ्रष्टाचार विरूद्व जनएकता अभियान अन्तरगत आइतबार लुम्बिनी प्रदेश राजधानी देउखुरीमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

त्यस्तै उनले देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उनले दिनप्रतिदिन आम नागरिकहरूको जीवन स्तर झन कहालीलाग्दो बन्दै गइरहेको उल्लेख गर्दै केन्द्रीय सदस्य राईले यो सवै हुनुमा वर्तमान सरकार जिम्मेवार रहेको बताए । उनले युवाहरू स्वदेशमा रोजगारीको अवसर नपाएर विदेश पलाएन हुनुले देश भित्र युवा शक्तिको अभाव खट्किएको भन्दै दुख व्यक्त गरे । एक आर्को प्रसंगमा बोल्दै उहाँले यदि सरकारले भ्रष्टाचार नियन्त्रण गरेर युवाहरूलाई देश भित्र रोजगारीको अवसर सिर्जना नगरे त्यसबाट वर्तमान सत्ताले ठुलो क्षति बोहोर्ने र त्यसको बिद्रोह आफ्नो पार्टीले गर्ने ठोकुवा गरे ।


नेकपा बहुमतले जनप्रदर्शन गर्नु अगाडि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार नियन्त्रण र आरोपित मन्त्री तथा अदालतबाट दोषी ठहर भएका सांसदलाई कारवाही गर्न प्रदेश सरकारले पहल गर्ने आश्वासन दिएका छन् । कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य रेखा खनाल, केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरेन्द्र विक, प्रदेश इन्चार्ज तिलक पुन लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे