आदर्श नमुना मावि लालमटिया सुचना प्रविधि विषयको तेस्रो सेमेष्टरमा लुम्बिनी प्रदेश प्रथम



आदर्श नमुना मावि लालमटिया सुचना प्रविधि विषयको तेस्रो सेमेष्टरमा लुम्बिनी प्रदेश प्रथम

भालुवाङ १६ भदौ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयले डिप्लोमा इन्फर्मेसन टेक्नोलोजी ( ३ वर्षे सुचना प्रविधिको तेस्रो सेमेष्टर) को नतिजामा लुम्बिनी प्रथम तथा नेपालको तेस्रो हुन सफल भएको छ ।

सिटिईभिटीबाट सम्बन्धन प्राप्त विद्यालयले शनिवार प्रकाशित परिक्षामा तेस्रो सेमेष्टरमा सम्मिलित नियमित तर्फ कुल २५ जना विद्यार्थी मध्ये ६४ प्रतिशत अर्थात १६ जना र आंशिक तर्फ कुल ११ जना विद्यार्थी मध्ये ९ जना अर्थात ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण गराई प्रदेशमै प्रथम र नेपालको तेस्रो हुन सफल भएको विद्यालयका आइटी इन्चार्ज तथा सहायक प्रधानाध्यापक यादव आचार्यले दाबी गरेका छन् ।

विद्यालयले सो नतिजा ल्याउन सफल भएको भन्दै निर्वतमान प्रधानाध्यापक किरण पोख्रेलले वर्तमान एवम् पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वर्तमान एवम् पुर्व शिक्षक अभिभावक संघका पदाधिकारीहरु, राप्ती गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीहरु, शिक्षा शाखा प्रमुख, भौतिक निर्माण शाखा प्रमुख, मेहनती बिद्यार्थीहरु, परिश्रमी प्रशिक्षकहरु, सुचना प्रविधि विभाग प्रमुख लगायतलाई धन्यवाद दिएका छन् । साथै उनले नयाँ प्रधानाध्यापकको कार्यकालमा पनि अझ उत्कृष्ट अंक ल्याउन पहल होस् भन्ने शुभकामना समेत दिएका छन् । यसै बीच सुचना प्रविधि विषयमा भदौ २८ गते सम्म धमाधा भर्ना अभियान सञ्चालन भइरहेकोले समयमा भर्ना हुन र आफ्नो सिट सुरक्षित राख्न विद्यार्थीहरूलाई विद्यालय प्रशासनले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे