गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रम सम्पन्न



गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रम सम्पन्न

गढवा १६ भदौ । गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रम शनिबार गढवको परिचोकमा सम्पन्न भएको छ ।

संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। गढवा पन्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले संस्कृति संरक्षणका लागि अतुलनीय योगदान पुर्याएको बताए ।

संस्थाले आफ्नो खर्चमा जमिनको व्यवस्थापन गरेको सुन्दा असाध्यै खुसी लागेको बताउदै अध्यक्ष पोख्रेलले आगामी आर्थिक वर्षमा संरक्षण केन्द्रको भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे । गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले मौलिका कला संस्कृति तथा बाजागाजाको संरक्षणमा गरिरहेको कार्य प्रशंसनीय रहेको बताए। वार्षिक प्रगति प्रतिवेदन सचिव भिम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेशम बहादुर शाहीले प्रस्तुत गरेका थिए ।

गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो वार्षिक साधारण सभा तथा तिज बिशेष कार्यक्रममा ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ६ नम्बर वडासदस्य दिनमणी आचार्य, गढवा उद्याेग बाणिज्य संघका सचिव दुखराम चौधरी, गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्री, गढवा रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, गढवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका दामोदर ढुङगाना, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका पटवारी यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गढवा पन्चेबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाका सचिव भिम बहादुर थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संरक्षण केन्द्रका उपाध्यक्ष तिलक पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे